Kakhara सबैको खबर सम्पूर्ण खबर
मुसिकोट १ ट्याक्टर दुर्घटना हुँदा २ जना घाइते
दुर्घटनाग्रस्त ट्याक्टर ।

रुकुम पश्चिमको मुसिकोट नगरपालिका १ छहरा खोलास्थित सोलावाङ देखि धाउने भित्री सडक खण्डमा  रा १ त ३९०१ नम्बरको  ट्याक्टर दुर्घटना हुँदा दुई जना घाइते भएका छन्  । शुक्रवार साँझ ८ बजे छिनखेत देखि रुकुम पूर्व जाने क्रममा ट्याक्टर छहरा खोला स्थित सोलावाङ देखि धाउने जाने भित्री सडकमा  दुर्घटना भएको हो ।

दुर्घटनामा परी रुकुम पश्चिमको बाफिकोट गाउँपालिका १ लागिमका १८ वर्षीय रामबहादुर विक र दाङ बबई गाउँपालिका ५ हापुरेका २० वर्षीय गोपाल धौलाकोटी  घाइते भएकाे जिल्ला जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले जानकारी दिनुभयो ।

उहाँका अनुसार घाइतेको अवस्था सामान्य रहेको र जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको छ। ट्याक्टर चालक फरार रहेकाले खोजिकार्य भइरहेको निरीक्षक खड्काले जानकारी दिनुभयो । ब्रेक फेल हुँदा ट्याक्टर सडकबाट ५ मिटर  तल खसेको बताइएको छ ।

प्रकाशित मिति: शुक्रबार, फागुन २५, २०८०  २१:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update