Kakhara सबैको खबर सम्पूर्ण खबर
अब सानीभेरीमा र्‍याप्टिङ सरर  

सानीभेरी नदीमा र्‍याप्टिङ सेवा सुरु भएको छ । पूर्वी रुकुम जलयात्रा समितिले सानिभेरी नदीमा र्‍याप्टिङ सेवा औपचारिक रूपमा सञ्चालन गरेको हो । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले र्‍याप्टिङ सेवा सुरु गरिएको समितिले जनाएको छ । 

मङ्गलवार एक कार्यक्रमको आयोजना गरी र्‍याप्टिङ सेवाको सुरुवात गरिएको हो । जिल्ला समन्वय समिति रुकुम पूर्वका उपप्रमुख मोहनबहादुर केसी, सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मी र उपाध्यक्ष गोपाल रेउलेले संयुक्त रूपमा सेवाको उद्घाटन गर्नुभयो । 

WhatsApp Image 2024-03-12 at 20.12.13_7d0b8acb1710329675.jpg

अब नियमित रूपमा सानीभेरी नदीमा र्‍याप्टिङ सञ्चालन हुने अखिल नेपाल प्रगतिशील युवा सङ्घ जिल्ला सचिव विक्रम पुन मगर ज्वालाले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले तत्काललाई रुकुम पूर्वको पोखरा र धाउनेको बिचमा पर्ने सानीभेरी नदीमा र्‍याप्टिङ सञ्चालन हुने छ । एक वर्ष अघि नै सेवा सञ्चालन गर्ने लक्ष राखिए पनि विभिन्न कारणले ढिलो गरी सेवा सुरुवात भएको बताइएको छ ।

WhatsApp Image 2024-03-12 at 20.12.13_041213981710329674.jpg

प्रकाशित मिति: बुधबार, फागुन ३०, २०८०  १७:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update