Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिमबाट छुटेको वस बागलुङको जाउलेपानीमा दुर्घटना

 रुकुम पश्चिमबाट काठमाडौका लागि छुटेको रात्रीबस बागलुङको निसिखोला गाउँपालिका ६ जाउलेपानीमा दुर्घटना भएको छ । सोमबार बेलुका ५ बजेर २० मिनेटमा बागमती प्रदेश ०१००६ ख ३८ ७९ नम्बरको बस दुर्घटना भएको हो । बस सडकबाट करिव १ सय ५९ मिटर तल खसेको बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङग बरालले जानकारी दिनुभयो ।

घाइतेहरुको उद्धार भइरहेको र थप विवरण आउन केही  समय लाग्ने उहाँले जानकारी दिनुभयो । कमलताल यातायात प्रालीको वस दुर्घटना परेको बताएको छ ।

प्रकाशित मिति: सोमबार, चैत ५, २०८०  १८:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update