
रुकुम पश्चिबाट सोमबर काठमाडौका लागि छुुटेको बागमती प्रदेश ०१००६ ख ३८७९ नम्बरको रात्रीबस बागलुङको निसिखोला गाउँपालिका ६ जाउलेपानीमा दुर्घटना हुँदा ७ जनाको घटना स्थलमै मृत्यु भएको छ । भने ३१ जना घाइतेको उद्धार गरिएको छ । घाइतेहरुको अवस्था पनि गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नावय उपरीक्षक मदन केसीले जानकारी दिनुभयो ।
उहाँका अनुसार उद्धारको काम जारी रहेको छ । बसमा कती जना यात्रु सवार रहेका थिए भने बारेमा अझै खुलेको छैन । जिल्ला सदरमुकामबाट करिव ४ घण्टाको दुरी र रातको समय भएकाले उद्धारमा केही समस्या भएको उहाँले जानकारी दिनुभयो ।
मृतक तथा घाइतेको परिचय खुल्न सकेको छैन् । सोमबार साँझ ५ बजेतिर बस दुर्घटना हुँदा सडक भन्दा १ सय ५० मिटर तल खसेको थियो । घाइतेहरुको पोखरा तथा जिल्ला अस्पताल बागलुङ पठाउने तयारी भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङग बरालले जानकारी दिनुभयो ।