Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिममा तरकारी बीउ बिक्रिबाट ७ करोडको आम्दानी, भनेजस्तो मुल्य  नपाउँदा किसान मारमा
जिल्लामा बढी तरकारी बीउ उत्पादन हुने मुसीकोट ३ माछमी गाउँ

पछिल्लो सयम रुकुम  पश्चिममा तरकारीको बीउ उत्पादन बढ्दै गएको छ । किसानले उत्पादन गरेको बीउले बजार नपाएको गुनासो गरेपनी उत्पादनमा भने बृद्धि हुँदै  गएको हो । जिल्लामा २०३५ सालदेखि तरकारीको बीउ उत्पादन सुरु भएको थियो । त्यसयता तरकारी बीउ उत्पादन राम्रो भएपछि पछिल्लो केही वर्ष यता जिल्लामा तरकारी बीउ उत्पादन गर्ने किसानको संख्या बढ्दो अवस्थामा रहेको जिल्ला कृषि विकास कार्यालयका निमित्त कार्यालय प्रमुख मिनबहादुर केसीले जानकारी  दिनुभयो । 

उहाँका अनुसार मुख्य गरी मुसीकोट नगरपालिका ३ माछमी, १३ नम्बर वडाको सानचौरमा तरकारी बीउ उत्पादन राम्रो हुने गरेको छ । त्यस्तै जिल्लाको चौरजहारी नगरपालिका, त्रिवेणी गाउँपालिका, सानीभेरी गाउँपालिकाको केही भुभागमा पनि तरकारी बीउको उत्पादन हुने गरेको छ । 
जिल्लामा, विषेश गरी मुला, प्याज, चम्चुर, काउली, सलगम लगायत ११ प्रकारका तरकारी बीउ उत्पादन हुने गरेको  छ । 

जिल्लामा उत्पादन भएको तरकारीको बीउ दाङ, पोखरा, काठमाडौँसम्म जाने गरेको छ । गत आर्थिक वर्ष २०७९/०८० मा जिल्लामा १ सय ११  मेट्रिक्टन तरकारी बीउ उत्पादन भई जिल्ला बाहिर बिक्रि भएको  थियो । त्यसबाट किसानले  ७ करोड रुपैयाँ आम्दानी गरेका थिए । यस आर्थिक वर्षमा पनि किसानले राम्रो तरकारी खेती गरेकाले बीउ राम्रो उत्पादन हुने अनुमान गरिएको छ   । जिल्लामा तरकारी  बीउ उत्पादन  र बजारको समस्या नभएपनि किसानले भनेजस्तो मुल्य पाउन नसक्नु  मुख्य समस्या रहेको छ । यतातर्फ पनि कृषि विकास कार्यालयले ध्यान दिएको उहाँको भनाई छ । 

पछिल्लो समय युवापुस्ता विदेशीने क्रम बढेकाले युवाहरुलाई कृषि पेशातिर आकर्षन गर्न भने चुनौती थपिएको निमित्त प्रमुख केसीले बताउनुभयो ।

प्रकाशित मिति: मंगलबार, चैत ६, २०८०  १७:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update