Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिमबाट एसइई परिक्षामा साढे तीन हजार परिक्षार्थी सहभागि हुँदै 
फाइल फोटो

आगामि चैत १५ गतेदेखि सञ्चाललन हुने माद्यामिक परिक्षा एसइईमा रुकुम पश्चिमबाट ३ हजार ५ सय ९३ विद्यार्थी सहभागि हुने भएका छन् । जिल्लाका विभिन्न २३ परिक्षा केन्द्रहरुबाट ३ हजार ५ सय ९३ विद्यार्थी सहभागि हुन लागेका हुन् ।  साधारणतर्फ १ हजार ७ सय ६२ छात्रा र १ हजार ७ सय ८ छात्र गरेर ३ हजार ४ सय ७० विद्यार्थी माद्यामिक परिक्षा एसइईमा सहभागि  हुन लागेको शिक्षा समन्वय इकाई रुकुम पश्चिमका प्राविधिक सहायक डायमण पुनले जानकारी दिनुभयो ।  


उहाँका अनुसार प्राविधिक तर्फ ४९ छात्र र ४७ छात्रा गरेर ९६ विद्यार्र्थी परिक्षामा सहभागि हुँदै छन् । प्राविधिक विषय जिल्ल्लाको तीन ठाउँमा सञ्चालन हुने गरको छ । शितल माद्यामिक विद्यालय चौरजहारीमा सिविल इन्जिनियर, राप्ती ज्ञानोदय माद्यामिक विद्यालय सिम्लीमा पशु  पशु विज्ञान, र भेरी दोभान माद्यामिक विद्यालय चाइनाबगरमा बालि  विज्ञान तर्फको प्राविधिक विषय पढाइ हुने गरेको छ । 
त्यस्तै ग्रडवृद्धि तर्फ १५ छात्र र १२ छात्रा गरेर २७  विद्यार्थी  परिक्षामा सहभागि हुन लागेको प्राविधिक सहायक पुनले जानकारी दिनुभयो ।

पाँचवटा संस्थागत विद्यालयका ९४ विद्यार्थी सहभागि हुँदा बाँकी सामुदायिक विद्यालयमा अध्यनरत विद्यार्थी परिक्षा सहभागि हुने छन् । परिक्षा आगामी चैत १५ गतेदेखि २७ गतेसम्म सञ्चालन हुने छ । परिक्षा सञ्चालन सम्बन्धी तयारी भइरहेको शिक्षा समन्वय इकाई रुकुम पश्चिमले जनाएको छ । 

प्रकाशित मिति: बिहीबार, चैत ८, २०८०  ११:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update