
नेपाल प्रहरीले १ सय ४१ जना प्रहरी नायव उपरीक्षकको सरुवा गरेको छ । नेपाल प्रहरी प्रधान कार्यालय मानव स्रोत विकास विभागले बुधबार १ सय ४१ जना प्रहरी नायव उपरीक्षकको सरुवा गरेको सूचना सार्वजनिक गरेको हो । विभागले सार्वजनिक गरेको सूचना अनुसार रुकुम पश्चिममा नयाँ नायव उपरीक्षक (डिएसपी)को रुपमा नवराज पोखरेल आउनु हुने भएको छ । । उहाँ प्रहरी प्रदेश कार्यालय मानवस्रोत व्यवस्थापन
शाखा नेपालगञ्जबाट सरुवा भएर आउन लाग्नु भएको हो ।
त्यस्तै रुकुम पूर्वमा नयाँ प्रहरी नायव उपरीक्षकको रुपमा नेपाल प्रहरी अपराध अनुसन्धान कार्यालय चापागाउँ ललितपुरमा कार्यरत माधवराज खरेल आउनु हुने भएको हो । रुकुम पश्चिमका प्रहरी नायव उपरीक्षक नमराज भट्राईको प्रहरी प्रधान कार्यालय प्रशासन शाखा नक्साल काठमाडौँ र रुकुम पुर्वका प्रहरी नायव उपरीक्षक अञ्जना श्रेष्ठकोको प्रहरी शिक्षालय भरतपुर प्रशासन शाखामा सरुवा भएको छ ।
प्रहरी महानिरीक्षकको चैत ७ गतेको निर्णयअनुसार २०८० साल चैत महिना देखिको तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी प्रहरी नायब उपरीक्षकहरूलाई सरुवा गरिएको सूचनामा उल्लेख गरिएको छ ।