Kakhara सबैको खबर सम्पूर्ण खबर
होली पर्व मर्यादित तथा सामाजिक सद्भावका साथ मनाउन आग्रह
फाइल फोटो

जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिम द्धारा फार्गू पुर्णिमा अर्थात होली पर्वलाई मर्यादित तथा सामाजिक सद्भावकासाथ मनाउन अनुरोध गरिएको छ । कार्यालयले एक सूचना जारी गर्दै रंगहरुको पर्व होलीलाई आपसी सद्भाव साटेर आत्मिय तथा नजिकका साथीसँग मात्र होली मनाउन आग्रह गरेको हो । होलीको नाममा व्यक्तिको ईच्छा विपरित जथाभावि रंग लगाउने, लोला हान्ने, फोहोर पानी हाल्ने जस्ता कार्य नगर्न निमित्त प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवालले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

त्यस्तै बाटोमा ढुकेर बटुवालाई रंग दल्ने, बाटो अवरोध गरेर सवारी साधनबाट रकम असुल्ने, मादक पदार्थ तथा नशालु पदार्थ सेवन गर्ने तथा गराउने, समाजिक तथा धार्मिक सद्भाव बिथोल्ने अवान्छित कार्यहरु समेत नगर्न  र प्रचलित मूल्य, मान्यता एवम् परम्परालाई निरन्तरता दिई मर्यादित रुपमा होली मनाउन अनुरोध गरिएको छ ।

सूचना तथा कानूनलाई वेवास्ता गरेको पाईएमा प्रचलित कानून बमोजिक कारबाहि हुने निमित्त प्रमुख जिल्ला अधिकारी बढुवालले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । त्यस्तै अपरिचित मानिसको समुहमा होली नखेल्न, छाला र आँखामा असर गर्ने केमिकल प्रयोग नर्गन, होली पर्वको सयममा हुनसक्ने लुटपाट, चोरी र पकेटमार जस्ता गतिविधिबाट सचेत रहन जिल्ला प्रहरी कार्यालयले जिल्लाबासीमा अनुरोध गरेको छ ।

प्रकाशित मिति: आइतबार, चैत ११, २०८०  ०६:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update