Kakhara सबैको खबर सम्पूर्ण खबर
यसरी मनाइयो रुकुम पश्चिममा होली (फोटो फिचर)

रुकुम पश्चिममा पनि फागु पूर्णिमा अर्थात् होली पर्व धूमधामका साथ मनाएको छ । जिल्ला सदरमुकाम खलङ्गा लगायत विभिन्न ठाउँमा एक आपसमा खुसी साटासाट गरेर होली पर्व मनाएको हो । बालबालिका, युवा, वृद्ध वृद्धाहरुले बिहानै देखि एक आपसमा रङ दलेर खुसी साटासाट गर्दै होली मनाएका हुन । होली पर्व, पर्व मात्रै नभएर साथीभाइ भेटघाट हुने, एक आपसमा रङ दलेर खुसी साटासाट गर्ने र शुभकामना आदानप्रदान गर्ने पर्व भएको मुसिकोट नगरपालिका ५ बागबजारका रिम खड्काले बताउनुभयो ।

received_10821078930359691711294028.jpeg

जिल्लामा होली पर्व मर्यादित तथा शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । जिल्लामा कुनै नराम्रो खालको गतिविधि नभएको र शान्तिपूर्ण वातावरणमा होली सम्पन्न भएको  जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका  सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार होली पर्वलाई लक्षित गरेर कुनै किसिमका घटनाहरू नहोस्  भनेर अघि पछिका दिनमा खटिने प्रहरी भन्दा जिल्लाभर ५० प्रतिशत अर्थात् २ सय बढी प्रहरी परिचालन गरिएको थियो ।

received_18098328094971931711294006.jpeg

विशेष गरी होली पर्वलाई लक्षित गरेर चोक चोकमा यातायातका सवारी साधन चेकिङ, मापसे चेकिङ र आकस्मिक चेकिङ थालिएकाे थियो । त्यस्तै घटना नहोस् भनेर सादा पोसाकमा समेत प्रहरी परिचालन गरिएको  थियो । यस हिसाबले पनि जिल्लामा होली पर्व शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिनुभयो ।

received_4531502137327141711294160.jpeg

received_72627183371561991711294187.jpeg

received_10821078930359691711294210.jpeg

 

प्रकाशित मिति: आइतबार, चैत ११, २०८०  १७:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update