Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम  पश्चिममा क्षयरोग परिक्षण गर्नेको संख्या न्यून
फाइल फोटो

रुकुम पश्चिममा क्षयरोग (टिबी ) परिक्षण गर्नेको संख्या न्यून  रहेको पाएको छ । राष्ट्रिय क्षयरोग सर्वेक्षणको सर्वे अनुसार जिल्लामा ३ सय ९० जना क्षयरोगका विरामी हुनेसक्ने तथ्याङ्क सार्वजनिक गरेपनि परिक्षण गर्नेको संख्या न्यून  हुँदा उक्त संख्यामा कमि आएको हो । जिल्लामा आर्थिक वर्ष २०८०/०८१ मा ३ सय ९० जना क्षयरोगका विरामी  पत्ता लगाउने लक्ष्य रहेपनी फागुनसम्म लक्ष्यको २८ दशमलव ७१ प्रतिशत अर्थात १ सय १२ जना मात्र क्षयरोगका विरामी पत्ता लागेको स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिमकी खोप सुपरभाइजर अधिकृत कृष्णा खड्काले जानकारी दिनुभयो । 

उहाँका अनुसार ति सबै  विरामीको उपचार भइरहेको छ । गत आर्थिक वर्ष २०७९/०८० मा १ सय ७९ जना क्षयरोगका विरामी भेटिएका थिए । भने ७ जनाको क्षयरोगका कारण मृत्यु भएको थियो । चालु आर्थिक वर्षमा क्षयरोगका कारण २ जनाको मृत्यु भएको खोप सुपरभाइजर अधिकृत खड्काले जानकारी दिनुभयो । क्षयरोग फोक्सो र अन्य अगंमा समेत लाग्ने गर्दछ । क्षयरोग सम्बन्धी आम सर्वसाधारणलाई जानकारी नहुँदा समेत परिक्षण गर्नेको संख्या न्यून  हुने गरेको तथ्यांकले देखाएको छ  । फोक्सोमा मात्र क्षयरोग लाग्छ भन्ने बुझाइ भएकाले पनि परिक्षण गर्ने संख्यामा कम देखिएको  खड्काको भनाई थियो ।

क्षयरोग परिक्षण गर्नेको संख्या न्युन हुँदा परिक्षण गर्ने मेसिन समेत प्रयोग विहिन हुने अवस्थामा रहेको स्वास्थ्य सेवा कार्यालयका व्यवस्थापक कालिबहादुर ओलीले जानकारी दिनुभयो । ‘माइक्रो ब्याक्टेरियम ट्युबरक्लोसिस’ नामक जीवाणुको कारण क्षयरोग सर्ने गर्दछ । क्षयरोग भएका बिरामीले खोक्दा, हाछ्यू गर्दा  निरोगी व्यक्तीमा रोग सर्ने जोखिम हुने भएकाले सचेत हुनुपर्ने व्यस्थापक ओलीले बताउनुभयो  ।

हाल जिल्लामा ३२ वटा डट्स केन्द्र, ४ वटा माईक्रोसकोपी केन्द्र, १ वटा जिनएक्सपर्ट केन्द्र र १ वटा डिआर सब सेन्टरबाट क्षयरोग उपचार तथा निधान भइरहेका स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिमले जनाएको छ । मुसीकोट खलंगामा आज स्वास्थ्य सेवा कार्यालय र मुसीकोट नगरपालिकाको संयुक्त आयोजनामा पत्रकार अन्तक्रिया मार्फत सो विषयमा जानकारी बनाएको हो । 

मुसीकोट नगरपालिकाका नगर प्रमुख महेन्द्र केसीको अध्यक्षतामा भएको पत्रकार अन्तरक्रिया कार्यक्रममा मुसीकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रकाश गिरी, जिल्ला स्वास्थ्य सेवा कार्यालयका खोप सुपरभाइजर अधिकृत खड्का, व्यवस्थापनक ओली, नगर स्वास्थ्य शाखाका स्वास्थ्यकर्मी लगायत पत्रकारको सहभागिता रहेका थियो ।  

प्रकाशित मिति: सोमबार, चैत १२, २०८०  १५:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update