बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ

रुकुम पश्चिममा बालिकालाई जवरजस्ती बलात्कार गरेको आरोपमा एक जना युवा पक्राउ परेका छन् । जिल्लाको मुसीकोट नगरपालिका वडा नम्बर १३ फलाढुंगाका २४ वर्षीय पारस कसेरा पक्राउ परेका हुन् । चैत ५ गते परिवर्तित नाम ५४ रुकुम पश्चिम ८० (२६) ले जवजस्ती करणीको जाहेरी दिएपछि कसेरालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार कसेरालाई चैत ९ गते पक्राउ गरी सोही दिनबाट लागु हुने गरी जिल्ला अदालतबाट सात दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ । बालिकालाई लफाई फकाई पारी मुसीकोट नगरपालिका १ सल्लेमा रहेको एक होटलमा लगेर जवरजस्ती बलात्कार गरेको कसेरालाई आरोप लागेको छ ।
प्रकाशित मिति: सोमबार, चैत १२, २०८० १८:२१
प्रतिक्रिया दिनुहोस्