Kakhara सबैको खबर सम्पूर्ण खबर
नेपाल रेडक्रस सोसाइटी  मुरु उपशाखाको सभापतीमा ओली चयन 
सभापती ओली

नेपाल रेडक्रस सोसाइटी उपशाखा मुरू रुकुम पश्चिमको १६ औँ साधारण सभा तथा पाचौँ अधिवेशन सम्पन्न भएको छ । त्रिवेणी गाउँपालिका वडा नम्बर ७ को मुरु डाँडामा भएको अधिवेशन नयाँ कार्यसमिति चयन गर्दै सम्पन्न भएको हो । साधारण सभाले प्रेमबहादुर ओलीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति निर्माण गरेको छ । 

जसको उपसभापतीमा रत्नकुमारी विष्ट, सचिवमा पुर्णविराम ओली, कोषाध्यक्षमा रणबहादुर डाँगी, सह- सचिवमा सपना विष्ट र  सह- कोषाध्यक्षमा कुवेर ओली चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा लुम्बीनी पुन, सिर्जना पुन, सिता ओली, र छिमा पुन खड्का चयन भएको सह कोषाध्यक्ष ओलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार साधारण सभाले विभिन्न  निर्णयहरु पनि पारित गरेको छ ।सभाले उपशाखाको आर्थिक प्रतिवेदन तथा वार्षिक प्रतिवेदन समेत बहुमतले अनुमोदन गरेको सह कोषाध्यक्ष ओलीले जानकारी दिनुभयो । नेपाल रेडक्रस सोसाइटी उपशाखा सभापती ओलीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला शाखा सभापती रमा  गौतमको प्रमुख आतिथ्यता रहको थियो । त्यस्तै जिल्ला शाखा मन्त्री बलविर पुन,  ७ नम्बर वडा अध्यक्ष धनबहादुर खड्का लगायतको आतिथ्यता ररहेको थियो । 

प्रकाशित मिति: बिहीबार, चैत १५, २०८०  १५:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update