
राप्ती राजमार्ग अन्तरर्गत पर्ने रुकुम पश्चिमको मुसीकोट नगरपालिका वडा नम्बर १ पातुखोला सल्ले जाने सडकमा खाल्डो परेको छ । सडकमा खाल्डो परेपछि सवारी साधन एकतर्फी मात्र आवतजावत भइहेका छन् । दिउँसो अटो चालकले ट्राफिक प्रहरीलाई खाल्डो परेको खबर गरेका थिए ।
त्यस पश्चात ट्राफिक प्रहरी उक्त ठाउँमा पुगेर खाल्डो परेको ठाउँ आसपासको क्षेत्रमा घेराबार गरेर एकतर्फी मात्र सडक सञ्चालन गरेको ट्रफिक प्रहरी कार्यालय रुकुम पश्चिमका इन्चार्ज प्रहरी सहायक निरीक्षक भरतबहादुर शाहीले जानकारी दिनुभयो ।
उहाँका अनुसार एकतर्फी सडक सञ्चालन हुँदा ठुला सवारी साधनलाई आवजजावतमा समस्या हुने गरेको छ । खाल्डो सानो देखिएपनि करिव ३ फिट गहिरो छ । खाल्डो परेको ठाउँमा मुसीकोट नगरपालिका र सडक डिभिजन चौरजहारी सँग समन्वय गरेर डोजर लगाउने तयारी भइरहेको ट्रफिक प्रहरी कार्यालयका इन्चार्ज शाहीले जानकारी दिनुभयो ।
पहिले पहिरो गएर भासिएकाले खाल्डो परेको हुनसक्ने बताएको छ । खाल्डो परेको ठाउँमा डोजरले खोतलेपछी थप यस बारेमा थाहा हुने ट्रफिक प्रहरी कार्यालयका इन्चार्ज शाहीले बताउनुभयो ।