Kakhara सबैको खबर सम्पूर्ण खबर
कृषकलाई गोला सहितको मौरीघार वितरण
कृषकलाई मौरीघार वितरण गरिदै

कृषि विकास कार्यालय रुकुम पश्चिमले किसानलाई गोला सहितको मौरीघार वितरण गरेको छ । आर्थिक वर्ष २०८०/०८१ को विनियोजित बजेटबाट ७० जना कृषकलाई  गोला सहितको मौरी घार वितरण गरेको हो । जिल्लाका तीन स्थानीय तह त्रिवेणी, सानीभेरी गाउँपालिका तथा मुसीकोट नगरपालिकाका ७० जना कृषकलाई गोला सहितको मौरी घार वितरण गरिएको कृषि विकास कार्यालय रुकुम पश्चिमका प्राविधिक सहायक महेश चन्दले जानकारी दिनुभयो ।

 उहाँका अनुसार प्रत्येक कृषकलाई १ /१ वटाका दरले गोला सहितको मौरी घार वितरण गरिएको हो । त्यस्तै कृषकलाई ७० वटा टोपी, १ सय ४० वटा कुईगेट र ७० वटा पन्जा वितरण गरिएको छ । कृषि विकास कार्यालयको ५० प्रतिशत अनुदान र कृषकको ५० प्रतिशत लगानिमा कृषकलाई मौरीघार सहित अन्य सामग्री वितरण गरिएको प्राविधिक सहायक चन्दले जानकारी दिनुभयो । ७० जना कृषक मध्ये ३५ जना कृषक मुसीकोट नगरपालिका वडा नम्बर १० का रहेका छन् । 

गोलासहितको घारलाई ९ हजार रुपैयाँ परेकामा ४ हजार ५ सय अर्थात ५० प्रतिशत कृषकको लगानी रहेको छ । आठबीसकोट नगरपालिका  वडा ११ डाडाँगाउबाट गोलासहितको मौरीघार ल्याएर कृषकलाई वितरण गर्न लागिएको हो ।  बाँकी छुटेका ४० जना कृषकलाई केहि दिनमा सल्यानबाट मौरीघार ल्याएर वितरण गरिने  प्राविधिक सहायक चन्दले जानकारी दिनुभयो । कृषकलाई  मौरी घार वितरण गर्न कृषि विकास कार्यालयले  ५ लाख बजेट विजियोजन गरेको जनाएको छ । 

mauri-1712201464.jpeg

प्रकाशित मिति: बिहीबार, चैत २२, २०८०  ०९:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update