Kakhara सबैको खबर सम्पूर्ण खबर
स्थानीयको सहयोगमा विपन्न परिवारलाई निशुल्क स्वास्थ्य विमा 
स्वास्थ्य विमा परिचयपत्र हस्तान्तरण गर्दै वडा अध्यक्ष खड्का

रुकुम पश्चिमको मुसीकोट नगरपालिका वडा नम्बर १० चुनका ३ जना विपन्न परिवारलाई स्थानीयले  सहयोग उठाएर स्वास्थ्य विमा गरिदिएका छन् । आर्थिक अवस्था कमजोर भएका नमुना टोलका कृष्ण कामी, नन्दकली सुनार र शुसिला विकको परिवालाई स्थानीयले सहयोग उठाएर स्वास्थ्य विमा गरिदिएका हुन । स्थानीय भुपप्रसाद परियार, विरबहादुर कुमाखी, अविनाश करला र शसिराम सुनारले आर्थिक अवस्था कमजोर भएका तिन घरपरिवारलाई स्वास्थ्य विमा बापतको रकम सहयोग गर्नुभएको हो ।

नमुना वस्तीका युवाहरुको पहलमा सहयोग रकम संकलन गरेर विपन्न परिवारको निशूलक स्वास्थ्य विमा गरिदिएको नमुना बस्ती टोल विकास संस्थाका संयोजक तथा पहलकर्ता सरोज सुनारले जानकारी दिनभयो ।उहाँका अनुसार भुपप्रसादले ३ हजार ५ सय, विरबहादुरले ३ हजार ६ सय, अविनाशले २ हजार र शशिरामले १ हजार ५ सय रुपौयाँ सहयोग गर्नुभएको हो । नमुना वस्ती टोलमा रहेका विपन्न सबै परिवारलाई रकम संकलन गरेर निशुल्क स्वास्थ्य विमा गरिदिने योजना बनाएको संयोनक सुनारले बताउनुभयो ।

वडाले पनि नमुना वस्तीमा यस भन्दा पहिले ९ घरपरिवारलाई निशुल्क स्वास्थ्य विमा गरिदिएको छ । स्वास्थ्य विमा परिचयपत्र हस्तान्तरण कार्यक्रमलाई सम्वोधन गर्दै वडा अध्यक्ष धनबहादुर खड्का ‘बसन्त’ ले सहयोग उठाएर विपन्न परिवारलाई निशुल्क स्वास्थ्य विमा कार्यक्रममा जोड्ने अभियान चलाएकोकोमा नमुना वस्ती टोलका युवाहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

यस अघि वडामा १५ जना विपन्न्न घरपरिवारलाई वडामा निशूल्क स्वास्थ्य विमा गरिएको उल्लेख गर्दै आगामि आर्थिक वर्षमा पनि विपन्न घरपरिवारलाई स्वास्थ्य विमामा जोड्न वडाले बजेट विनियोजन गर्ने बताउनुभयो । आर्थिक रुपमा सम्पन्न भएका परिवारलाई उपचारमा समस्या नभएपनि आर्थिक अवस्था कमजोर भएका परिवारको लागि स्वास्थ्य विमा कार्यक्रम महत्वपूर्ण भएकाले स्वस्थ्य विमा गर्न  आवस्यक रहेको वडा अध्यक्ष खड्काको भनाई  थियो ।

प्रकाशित मिति: बिहीबार, चैत २२, २०८०  १२:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update