Kakhara सबैको खबर सम्पूर्ण खबर
बेवारिसे अवस्थामा रहेका मोटरसाइकल लिलाममा बिक्री गर्न बोलपत्र आव्हान
फाइल फोटो

जिल्ला प्रहहरी कार्यालय रुकुम पश्चिले बेवारिसे अवस्थामा रहेका सवारी साधन(मोटरसाइकल) लिलाम बिक्री गर्न बोलपत्र आव्हान गरेको छ । कार्यालयले सोमबार एक सूचना जारी गर्दै स्वामित्व नखुलेका चोरी तथा बेवारिसे मोटरसाइकलको लिलाम बिक्री गर्न बोलपत्र आव्हान गरेको हो । जे–जस्तो अवस्थामा छ ,सोही अवस्थामा सरकारी सम्पति तथा जिन्सी मालसमान लिलाम बिक्री सम्बन्धी कार्यविधि, २०७९ बमोजिम पत्रु (कवाड) बनाई लिलाम बिक्री गर्नु पर्ने भएकाले बोलपत्र आव्हान गरिएको प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नवराज पोखरेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार लिलाम बिक्री गर्ने मोटरसाइकल १४ वटा रहेका छन् । प्रत्येक मोटरसाइकलको ३ हजार ५ सय रुपैयाँ तोकिएको छ । १४ वटा मोटरसाइकलको जम्मा मुल्य ४९ हजार रुपैयाँ तोकिएकोमा त्यसमा १३ प्रतिशत भ्याट जोडेर ५५ हजार ३ सय ७० रुपैयाँ रहेको प्रहरी उपरीक्षक पोखरेलले जानकारी दिनुभयो ।  लिलाम बिक्री भएका मोटरसाइकल दर्ता  भने हुने छैनन् । लिलाम बिक्री सम्बन्धी बोलपत्र खरिद गर्ने ईच्छुक व्यक्ती, फर्म, संस्था वा कम्पनीहरुले शर्तहरु बमोजिम वोलपत्र पेश गर्न ७ दिनको समय दिएको छ । 

बोलपत्र फारम १ हजारका दरले खरिद गरी सूचना प्रकाशित भएको ७ दिन भित्र जिल्ला प्रहरी कार्यालय प्रबन्ध शाखाबाट खरिद गर्न सकिने छ । लिलाम मोटरसाइकल लिन ईच्छुक ब्यक्ति भए स्वयमले प्रमाणित गरेको नेपाली नागरिकताको प्रतिलिपी र फर्म संस्था वा कम्पनी ईजाजत प्राप्त पत्रको प्रमाणित प्रतिलिपी समेत राखी चैत २५ गते आईतबार दिउँसो १२ बजेसम्म बोलपत्र दर्ता गर्न आव्हान गरिएको छ ।

बोलपत्र दर्ता गर्दा आफुले कबोल गर्ने मुल्यको १० प्रतिशत नघटाई सक्कलै भौचर वा ईजाजत प्राप्त नेपाल बैंकबाट जारी भएको जमानत पेश गर्नु पर्ने सूचनामा उल्लेख गरिएको छ । लिलाममा खरिद गरेका सवारी सकार गर्ने ब्यक्ती, फर्म, संस्था वा कम्पनीले ७ दिन भित्र नियम अनुसार लाग्ने कर सहित सम्पुर्ण कबोल रकम दाखिला गरी सामान पुर्ण रुपमा उठाई सक्नु पर्ने प्रहरी नायव उपरीक्षक पोखरेलले जारी गरेको सूचनामा उल्लेख गरिएको  छ । 

प्रकाशित मिति: शुक्रबार, चैत २३, २०८०  १६:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update