Kakhara सबैको खबर सम्पूर्ण खबर
सडक खनेकाे हेर्न गएका रामबहादुरको भीरबाट लडेर मृत्यु

रुकुम पश्चिममा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । मुसिकोट नगरपालिका वडा नम्बर १३ डाँडाछिवाङका ३७ वर्षीय रामबहादुर ओलीको भीरबाट लडेर मृत्यु भएको हो । उपचारका लागि नेपालगन्ज लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ । 

घर नजिकै सडक खनिरहेको हेर्न गएका ओली घर फर्किने क्रममा भीरबाट लडेर गम्भीर घाइते हुनुभएको थियो । जिल्ला अस्पताल सल्लेबाट थप उपचारका लागि मेडिकल कलेज कोहलपुर लैजाने क्रममा सुर्खेतको हर्रेमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले जानकारी दिनुभयो ।

उहाँका अनुसार करिब ५ सय मिटर तल खसेका ओलीको टाउको, नाक, कान र छातीमा भित्री चोट लागेको थियो ।

प्रकाशित मिति: सोमबार, चैत २६, २०८०  ०८:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update