रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर ४ छिनखेतमा फोहोर पानी जम्मा गर्ने खाडलमा डुबेर एक बालकको मृत्यु भएको छ । छिनखेतमा रहेको प्रभु बैङ्कमा कार्यरत २६ वर्षीय यामकुमारी थापाका ५ वर्षको छोरा हिमेश थापाको खाडलमा डुबेर मृत्यु भएको हो ।
दैलेख भगवतीमाई गाउँपालिका ५ घरका थापाको रुद्र दाहालको घर पछाडि फोहोर पानी जम्मा गर्ने खाडलमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक विष्णुप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार बुधवार साँझ खाडलमा परेका बालकलाई छिनखेतबाट गएको प्रहरी टोलीले गम्भीर अवस्थामा उद्धार गरेको थियो ।
उपचारको लागि एम्बुलेन्स मार्फत जिल्ला अस्पताल सल्ले पठाइएको थियो । ५ वर्षीय हिमेशलाई जिल्ला अस्पताल सल्लेमा चेकजाँच पछि डाक्टरले मृत घोषणा गरेको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिनुभयो ।