रुकुमेली समाज विकास केन्द्र रुकुम पश्चिमले भोटेकोशी बाढीपीडितका लागि ९० हजार ३ सय ९६ रुपैयाँ सहयोग गरिएको छ । संस्थाका स्टाप तथा कर्मचारीहरु मिलेर उक्त रकम सहयोग गरेका हुन ।संस्थाका स्टाप तथा कर्मचारीहरूबाट संकलित उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको रुकुमेली समाज विकास केन्द्रका अध्यक्ष केशनकुमार क्षेत्रीयालले जानकारी दिनुभयो ।
उहाँका अनुसार उक्त रकम सिद्धार्थ बैंकमार्फत कोषको खातामा पठाइएको हो । सहयोग रकम भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पुर्याउने उद्देश्यले प्रदान गरिएको उहाँको भनाइ छ । बाढीपीडितको सहयोगका लागि संस्थाको तर्फबाट सकेको सहयोग प्रदान गरिएको रुकुमेली समाज विकास केन्द्रले जनाएको छ ।गत भदौ १० गते गएको भोटेकोशी बाढीले रसुवा, नुवाकोट लगायतका क्षेत्रमा ठूलो धनजनको क्षेती पुर्याएको थियो भने अझै हजारौं व्यक्ती बेपत्ता छन् ।





