Kakhara सबैको खबर सम्पूर्ण खबर
जन्मदिनको अवसरमा आश्रमलाई सुवासको सहयोग 

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर २, बारिपोले घर भई हाल अमेरिकामा रहनुभएका सुवास खड्काले मुसिकोट १, सल्लेमा रहेको बुद्ध भूमि सेवा आश्रमलाई सहयोग गर्नुभएको छ । जन्मदिनको अवसरमा उहाँले आश्रमलाई खाद्यान्न सहयोग गर्नुभएको हो । 

उहाँको तर्फबाट स्थानीय लक्ष्मण खड्का, सुमन खड्का, पत्रकार मनिष खड्का लगायतले आश्रमका अध्यक्ष खम्बप्रसाद जैसीलाई चामल, तेल लगायतका खाद्यान्न सामग्री हस्तान्तरण गर्नुभयो । जन्मदिनमा हुने खर्चलाई मानव सेवामा प्रयोग गरेको सुवासले बताउनुभयो । 

आश्रममा आश्रय लिएर बसिरहेका व्यक्तिहरूका लागि सानो भए पनि सहयोग पुगोस् भनेर खाद्यान्न सहयोग गरेको उहाँको भनाई छ । साथै उहाँले दुःखमा रहेका व्यक्तिहरूलाई सहयोग गर्न पाउँदा खुसी लागेको बताउनुभयो । 

सामग्री ग्रहण गर्दै आश्रमका अध्यक्ष जैसीले सहयोगी सुवासलाई धन्यवाद व्यक्त गर्नुभयो । यो सहयोगले आश्रममा रहेका आश्रित व्यक्तिहरूको व्यवस्थापनमा महत्त्वपूर्ण टेवा पुग्ने उहाँको भनाई छ । आश्रममा विभिन्न ठाउँका संरक्षण विहीन व्यक्तिहरू बसिरहेका छन् ।

प्रकाशित मिति: बिहीबार, असोज १, २०८३  १२:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update