जेनजी आन्दोलनका क्रममा जिल्ला कारागार रुकुम पश्चिमबाट फरार भएका एक जना कैदीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको बाँफिकोट गाउँपालिका–२ जिपु निवासी २६ वर्षीय दुर्गीलाल परियार (दुर्गीलाल दमाई) लाई प्रहरीले पक्राउ गरेको हो । फरार रहेका परियारलाई बिहिबार राति करिब ९ बजे आफ्नै घरमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक हेमन्त गिरीले जानकारी दिनुभयो ।
उहाँका अनुसार पक्राउपछि परियारलाई हिरासत कक्षमा राखिएको छ । जिल्ला अदालत रुकुम पश्चिमको फैसलाअनुसार जबर्जस्ती करणी मुद्दामा १२ वर्ष कैद सजाय, ५ लाख रुपैयाँ जरिवाना र ५० हजार रुपैयाँ क्षतिपूर्ति तोकिएका परियार कारागारमा कैद भुक्तान गरिरहेका थिए । गत साल भदौ २४ गते देशव्यापी रूपमा भएको जेनजी आन्दोलनका क्रममा कारागार कार्यालयको गेट तोडी परियार फरार भएका थिए ।
वश्यक कानुनी कारबाहीका लागि परियारलाई शुक्रबार आज जिल्ला अदालत उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालयले रुकुम पश्चिमले जनाएको छ,।





