अलपत्र अवस्थामा फेला परेका बालकलाई आफन्तको जिम्मा लगाइयो

रुकुम पश्चिमको मुसीकोट नगरपालिका १ खलंगामा अलपत्र अवस्थामा फेला परेका ११ वर्षीय बालक बरुण योगीलाई आफन्तको जिम्मा लगाएको छ । बुधबार खलंगा बजारमा अलपत्र अवस्थामा फेला परेका बर्दिया बाँसगढी नगरपालिकाका, ११ वर्षीय योगीलाई मामाको जिम्मा लगाएको हो । अलपत्र अवस्थामा फेला परेका योगीलाई प्रहरीको अल्पकालिन आवास गृहमा राखिएको थियो ।
बालकको मामा मुसीकोट नगरपालिका वडा नम्बर ६ का हिरामणी रावल सम्पर्कमा आएपछि आज दिउँसो ती बालकलाई मामाको जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख नायव उपरीक्षक नवराज पोखरेलले जानकारी दिनुभयो ।
प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०८१ १८:३३
प्रतिक्रिया दिनुहोस्