Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिमका कविराज ईसेवा मनि ट्रान्सफरका आठौँ विजेताका रूपमा पुरस्कृत 
पुरस्कार वितरण गर्दै ई सेवाका ब्राण्ड फेस नायिका स्वस्तिमा खड्का ।

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर ६ सल्लीचौरका कविराज घर्ती ईसेवा मनि ट्रान्सफरका आठौँ विजेता बन्न सफल हुनुभएको छ । रोजगारीको सिलसिलामा ६ महिना अगाडी मलेसिया पुग्नुभएका घर्ती ईसेवा मनि ट्रान्सफरबाट रकम नेपाल पठाएर आठौँ विजेता बन्न सफल हुनु भएको हो ।

विजेता बन्नुभएका घर्तीको परिवारलाई ईसेवा मनि ट्रान्सफरको एक टोलीले सोमबार पालिकाको कार्यालय सिम्लीमा पुगेर परिवारलाई विजेता पुरस्कार प्रदान गरेको सानीभेरी गाउँपालिका प्रवक्ता पलसिंह घर्तीले जानकारी दिनुभयो । उहाँका अनुसार ईसेवा मनि ट्रान्सफरका ब्राण्ड फेस नायिका स्वस्तिमा खड्का सहितको समूहले पालिकामै पुगेर कविराजको आमालाई विजेता पुरस्कार स्वरूप एक वटा फ्रिज, १ वटा एलसिडी टिभी, ३ वटा हिटर, २ वटा प्रेसर कुकर लगायतका भान्सामा आवश्यक पर्ने अन्य सामग्री हस्तान्तरण गरेको हो ।

विजेता पुरस्कार वितरण कार्यक्रममा गाउँपालिका अध्यक्ष विर्खबहादुर विष्ट, उपाध्यक्ष कमला रोका, पालिकामा कार्यरत कर्मचारी लगायतको उपस्थिति रहेको थियो । ईसेवा मनि ट्रान्सफरको तर्फबाट उपस्थित भएका सबैलाई टिसर्ट, कप, डायरी लगायतका सामग्री पनि प्रदान गरिएको थियो ।

प्रकाशित मिति: सोमबार, वैशाख १०, २०८१  १९:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update