बेपत्ता
मलामी गएका चाैरजहारीका वृद्ध भेरी नदीमा बेपत्ता

रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्बर ९ का एक वृद्ध नुहाउने क्रममा भेरी नदीमा बेपत्ता भएका छन् । मलामी गएका ६१ वर्षीय नारायण खड्का आज दिउँसो ३ बजेको समयमा वडा नम्बर ३ को रानीसागर स्थित भेरी नदीमा डुबेर बेपत्ता हुनुभएको हो ।
खड्का बेपत्ता भएको खबर प्राप्त भएपछि इलाका प्रहरी कार्यालय चौरजहारीबाट प्रहरी निरीक्षक ईश्वरदेव गिरीको नेतृत्वमा ७ जनाको प्रहरी घटनास्थल गएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार प्रहरी टोलीले खड्काको खोजी गरिरहेको छ ।
प्रकाशित मिति: बुधबार, वैशाख १२, २०८१ १७:४०
प्रतिक्रिया दिनुहोस्