Kakhara सबैको खबर सम्पूर्ण खबर
मुसिकोटमा अर्ग्यानिक कृषि मार्ट सञ्चालनमा 
अर्ग्यानिक मार्टकाे उदघाटन गर्दै नगर प्रमुख महेन्द्र केसी ।

रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा अर्ग्यानिक कृषि मार्ट सञ्चालनमा आएको छ । मुसिकोट नगरपालिकाको सहयोगमा मुसिकोट कृषि उद्योगले आजबाट खलङ्गाको कालिकास्थानमा मार्ट सञ्चालनमा ल्याएको हो । मार्टको मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसीले सोमबार बिहान उद्घाटन गर्नुभयो । स्थानीय कृषि उपजको प्रवर्द्धन र बजारीकरणमा टेवा पुर्‍याउने उद्देश्यले मार्ट सञ्चालनमा ल्याइएको मुसिकोट उद्योगका सञ्चालक धनकुमारी केसीले जानकारी दिनुभयो । 

439098283_931520532044991_6172795346895912297_n-1714364730.jpg
उहाँका अनुसार उद्योगमा मुसिकोट नगरपालिका सहित जिल्ला भरमा उत्पादन हुने सबै स्थानीय उत्पादनहरू पाइने छन् । घ्यु, मह, दलहन अन्तर्गत सिमी लगायतका कृषि उपजका साथै गहुँ, जौ, मकै, कोदो लगायतका खाद्यान्न र दही दूध तेल जस्ता रासायनिक विषादी मुक्त स्थानीय उत्पादनहरू पाइने उहाँले बताउनुभयो । त्यस्तै अल्लो, ढाका लगायतका स्थानीय वस्तुबाट निर्मित सामग्रीहरू पनि पाइने सञ्चालक केसीले बताउनुभयो । स्थानीय उत्पादनलाई लेबलिङ गरेर बिक्री गरिने उहाँको भनाई छ । स्थानीय लघु उद्यमीहरूले उत्पादन गरेका वस्तुहरू ल्याएर मार्टमा बिक्रीमा राखिने छ ।  

440879672_931520438711667_2331740194965201075_n-1714364732.jpg
मुसिकोट नगरपालिका सहित जिल्लाका लघु उद्यमीलाई प्रोत्साहन गर्ने प्रमुख उद्देश्य रहेको मुसिकोट उद्योगका प्रबन्धक रबिन्द्र विष्टले बताउनुभयो । स्थानीय उत्पादन लोप हुने अवस्थामा पुगेको र वैदेशिक पलायन समेत बढ्दै गएको अवस्थामा स्थानीय उत्पादनलाई बढाउन टेवा पुर्‍याउने र केही गर्न विदेश मात्र जानुपर्ने भन्ने मनोविज्ञानलाई केही हदसम्म रोक्नका लागि समेत सञ्चालनमा ल्याइएको उहाँको भनाई छ । 

440853904_931520705378307_6015199621321034513_n-1714364730.jpg
440875279_931520475378330_3504853219550234926_n-1714364730.jpg

प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  १०:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update