Kakhara सबैको खबर सम्पूर्ण खबर
मिनी ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएपछि राप्ती राजमार्ग अवरुद्ध

राप्ती राजमार्ग अन्तर्गत रुकुम पश्चिमको सिम्रुतुमा सवारी आवतजावत बन्द भएको छ । आज बिहान मिनी ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु भएपछि राजमार्ग अवरुद्ध भएकाे हाे । मृतकका आफन्तले अवराेध गरेका हुन् । जसका कारण राप्ती राजमार्ग हुँदै जिल्ला बाहिर जाने र जिल्ला भित्रिने सवारी साधन सिम्रुतुमै रोकिएका छन् ।

दाङबाट खलङ्गा आउँदै गरेको रा १ ख ३२१७ नम्बरको मिनी ट्रकले सिम्रुतुमा माेटरसाइकलाई ठक्कर दिँदा त्रिवेणी गाउँपालिका वडा नम्बर ४ पूर्ण खाराका ४० वर्षीय जयबहादुर गिरीको मृत्यु भएको थियो । घटनापछि मृतकका परिवार, जनप्रतिनिधि, प्रहरी लगायत सरोकारवाला बिच सर्वदलीय बैठक बसेर सडक खुलाउने विषयमा छलफल भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक विष्णुप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार ट्रक चालक सल्यानको छत्रेस्वरी गाउँपालिका ७ का २७ वर्षीय लक्ष्मण खड्कालाई नियन्त्रणमा लिएको छ । ट्रक ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

438095263_1674391933316603_532791197666866830_n-1714456904.jpg

प्रकाशित मिति: मंगलबार, वैशाख १८, २०८१  ११:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update