Kakhara सबैको खबर सम्पूर्ण खबर
पत्रकार महासंघ रूकुम पश्चिम सम्मानित

नेपाल पत्रकार महासंघ रुकुम पश्चिम शाखा सम्मानित भएकाे छ । नेपाल पत्रकार महासंघको २७ औं महाधिवेशनको अवसरमा केन्द्रिय समितिले रुकुम पश्चिम शाखालाई उत्कृष्ट कार्यसम्पादन गर्ने जिल्ला शाखाको रुपमा प्रशंसा गर्दै सम्मान गरेको हो । 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यतामा काठमाडौंमा जारी महासंघको उद्घाटनसत्रमा रुकुम शाखालाई प्रशंसापत्र प्रदान गरिएको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा, महासंघका केन्द्रिय अध्यक्ष विपुल पोखरेलले रुकुम पश्चिम शाखाका अध्यक्ष लक्ष्मण केसीलाई प्रशंसा पत्र प्रदान गर्नुभएको हो । 

महासंघको रुकुम पश्चिम शाखाले श्रम समस्यालाई समाधान गर्नुका साथै महासंघको सस्थागत विकास, नेपाली पत्रकारिता क्षेत्र तथा श्रमजीवी पत्रकारहरको हित प्रवद्र्धनका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेकोले रुकुम पश्चिम शाखालाई प्रशंसा पत्र प्रदान गर्दै सम्मान गरिएको हो । गत वर्ष महासंघको कर्णाली प्रदेशसमितिले पनि रुकुम शाखालाई उत्कृष्ट शाखाको रुपमा सम्मान गरेको थियो । 

प्रकाशित मिति: शनिबार, वैशाख २२, २०८१  ०८:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update