क्यान्सर पीडित बिष्णीको उपचारका लागि सहयोगको याचना

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका ३ की क्यान्सर पीडित बिष्णी ओलीको उपचारले सहयोगको याचना गरेका छन् । बाँकेको सुशील कोइराला क्यान्सर अस्पताल खजुरामा उपचार भइरहेकी बिष्णीको उपचारका लागि सहयोग गरिदिन परिवारका सदस्यले अपिल गरेका हुन् । बिष्णीलाई भारतको राजिव गान्धी अस्पतालमा क्यान्सर पुष्टि भएको थियो ।
सहयोग गरेर श्रीमतिको ज्यान जोगाइदिन श्रीमान दलबहादुरले आग्रह गर्नुभएको छ । आर्थिक अवस्था निकै कमजोर रहेकोले श्रीमतिको उपचारमा समस्या भएको उहाँले बताउनुभयो । हालसम्म जसोतसो उपाचार गरिरहेको र अब उपचार गर्न मुश्किल अवस्था आएपछि सहयोगका लागि सबैमा अपिल गरिएको उहाँको भनाई छ ।
सहयोगका लागि खाता नंः– 0771455966023001
बैंक– Laxmi sunrise Bank
खातावालाको नामः– बिष्णी ओली
प्रकाशित मिति: शनिबार, वैशाख २२, २०८१ ०८:५९
प्रतिक्रिया दिनुहोस्