Kakhara सबैको खबर सम्पूर्ण खबर
सिस्ने ३ का उज्ज्वल एक महिना देखि बेपत्ता
वेपत्ता उज्ज्वल ।

रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्बर ३ पोखराका उज्ज्वल खड्का बेपत्ता  भएका छन् । २१ वर्षीय खड्का एक महिना देखि बेपत्ता हुनु भएको हो ।

पारिवारिक स्रोतका अनुसार उहाँ मानसिक रोगी पनि हुनुहुन्थ्यो । आमा हिउँसरी खड्काले चैत्र २२ गते बिहान ७ बजे घरबाट निस्किएको छोरा अझै सम्पर्कमा नआएको बताउनुभयो ।

सबैतिर खोजी गर्दा पनि छोराको  बारेमा कुनै जानकारी नभएको उहाँले बताउनुभयो  ।  साढे चार फिड उचाइ भएका उज्ज्वले रातो ज्याकेट साथमा रातो, निलो, सेतो, र कालो रङ्ग भएको किरमिरे टि-सर्ट र ट्र्याक लगाएका छन् ।   
उक्त व्यक्तिलाई कतै फेला पारेमा नजिकको प्रहरी तथा ९८६८०३४०९९ मा सम्पर्क गर्नुहुन आमा हिउँसराले सबैमा अनुरोध गर्नुभएको छ ।

प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  १७:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update