Kakhara सबैको खबर सम्पूर्ण खबर
पत्रकार लामिछाने गाेरखापत्रकाे उत्कृष्ट समाचारदाताका रूपमा पुरस्कृत 
पुरस्कार ग्रहण गर्दै पत्रकार लामिछाने ।

पत्रकार राजु लामिछाने पुरस्कृत हुनुभएको छ । गोरखापत्र दैनिकका रुकुम पश्चिम (मुसिकोट) समाचारदाताका रूपमा कार्यरत लामिछाने उत्कृष्ट समाचारदाताको रूपमा पुरस्कृत तथा सम्मानित हुनुभएको हो । गोरखापत्र प्रकाशनको १२४ औँ वर्ष प्रवेश तथा संस्थानको ६२ औँ वार्षिकोत्सवको अवसरमा उहाँलाई पुरस्कारसहित सम्मान गरिएको छ।

राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्ग काठमाडौंमा साेमबार सम्पन्न विशेष समारोहमा उहाँलाई नगद पुरस्कारसहित सम्मान गरिएको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उहाँलाई सम्मान पत्र, नगद र दोसल्ला सहित सम्मान तथा पुरस्कार प्रदान गरिएको हो । 

रुकुम पश्चिमको चौरजहारी नगरपालिका –१ निवासी लामिछाने विगत दुई दशक देखि पत्रकारितामा सक्रिय हुनुहुन्छ । वार्षिकोत्सवको अवसरमा उहाँसँगै गोरखापत्र स्थानमा कार्यरत अन्य कर्मचारीहरू र पत्रकारहरूलाई सम्मान गरिएको थियो । लामिछानेलाई यस अघि नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समितिले पनि पत्रकारिता क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै सम्मान गरेको थियो । 

प्रकाशित मिति: सोमबार, वैशाख २४, २०८१  १७:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update