Kakhara सबैको खबर सम्पूर्ण खबर
भेरी नदिमा ट्याक्टर खस्दा २ जनाको मृत्यु, ३ घाइते 
ट्याक्टर दुर्घटना भएको स्थल

रुकुम पश्चिमको आठबीसकोट नगरपालिका वडा नम्बर १४ छेपारे नजिकै ट्याक्टर दुर्घना हुँदा २ जनाको घटनास्थलमै मृत्यु  भएको छ । भने ३ जना घाइते भएका छन् । आठबीसकोट देखि जाजरकोट रिम्ना तर्फ जाँदै गरेको नम्बर नखुलेको  ट्याक्टर आज दिउँसो दुर्घना भएको हो । मृत्यु हुनेमा  ट्याक्टर चालक (साहु) आठबीसकोट नगरपालिका वडा नम्बर १४ का २२ वर्षीय विकास खड्का र सोही ठाउँकै १८ वर्षीय हरि शर्मा रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

 उहाँका अनुसार घाइते ३ जनाको मिसन अस्पताल  चौरजहारीमा पठाएको र अवस्था गम्भिर रहेको छ । घाइतेको पहिचान खुलेको छैन् । ट्याक्टर सडक देखि १ सय ५० मिटर तल भेरी नदिमा खसेको छ । ट्याक्टर  भेरी नदिमा रहेकाले नम्बर खुल्न सकेको छैन् । दुर्घटनाको कारण पनि नखुलेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: शुक्रबार, वैशाख २८, २०८१  १४:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update