
रूकुम पश्चिमकाे जेठाे संस्थागत विद्यालय विजयश्वरी बाेर्डिङकाे अभिभावक भेला सम्पन्न भएको छ । शनिबार भएकाे भेलाबाट विद्यालय व्यवस्थापन समिति सहित तीनवटा समिति गठन गरिएकाे छ ।
विव्यस अनिता कुमाई भण्डारीकाे अध्यक्षतामा गठन भएकाे छ । सात सदस्यीय समितिकाे सदस्यहरूमा सरिता पाण्डे के सी, शिशिर गौतम, थानबहादुर के सी, जनप्रतिनिधि धनमाया नेपाली, शिक्षक प्रतिनिधि सार्कु प्रशाद लामिछाने र सदस्य सचिवमा प्रिन्सिपल जयबहादुर थापा रहनुभएकाे छ ।
त्यस्तै तेजकुमार ओलीकाे अध्यक्षतामा शिक्षक अभिभावक संघ गठन गरिएकाे छ । जसको सदस्यहरूमा नारायणी गौतम, जितेन्द्र राज के सी, सुनिता खड्का पाण्डे, मेनुका डाँगी, कर्मा गौतम, भुपेन्द्र के सी, होमराज शाही शिक्षक प्रतिनिधि र प्रिन्सिपल जयबहादुर थापा सदस्य सचिव रहनुभएकाे छ ।
त्यस्तै सल्लाहकार समिति पनि गठन गरिएकाे छ । प्रमुख सल्लाहकारमा डा. दिपक पुन रहनुभएकाे लिद्यालयका सूचना अधिकारी हाेमराज शाहीले जानकारी दिनुभयाे । जसकाे सदस्यमा सागर मल्ल, कृपाराम ओली, कल्पना ओली कुवर, डम्मरबहादुर के सी, डम्बर नेपाली, यज्ञ परियार, हर्कबहादुर भण्डारी, सुर्यबहादुर गिरी, लेकमाया के सी, प्रशान्त ओली, शेरबहादुर ओली, टेकबहादुर बिसी, तुल्सा घर्ती र मनोज खड्का रहेकाे शाहीले जानकारी दिनुभयाे ।