
कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री महेन्द्र केसिले कर्णाली समृद्धिको लागि बिमा महत्त्वपूर्ण पक्ष रहेको बताउनुभएको छ । मंगलबार सुर्खेतको बिरेन्द्रनगर स्थित प्राधिकरणको प्रदेश कार्यालयमा नेपाल बिमा प्राधिकरणको ५६ औं वार्षिकोत्सब तथा शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै आर्थिक मामिला तथा योजनामन्त्री केसीले कर्णालीलाई समृद्ध बनाउन बिमा क्षेत्र महत्त्वपूर्ण पक्ष रहेकाले बिमालाई थप व्यवस्थित गररे सबै नागरिकको पहुँचमा पुर्याउनु पर्ने बताउनुभयो ।
बिमा कम्पनीहरुको पनि केही समस्या रहेको उल्लेख गर्नुहुँदै प्रक्रियागत तथा नितिगत सुधारका साथै नागरिक सहभागीतालाई व्यापक बनाउन जोड दिनुपर्ने योजनामन्त्री केसीले सुझाव दिनुभयो । बिमा कार्यक्रम गरिबी र अप्ठ्याराहरुमा नै सहजता ल्याउन लागू गरिएता पनि गरिबी तथा चेतनाकै कमिको कारण सबै नागरिकको पहुँचमा पुग्न नसकेको उल्लेख गर्नुभयो ।
सबै नागरिकको पहुँचमा पुग्ने गरी काम गर्न र बिमालाई थप प्रभावकारी बनाउन समेत बिमा कम्पनीहरुलाई योजनामन्त्री केसीले निर्देशन दिनुभयो ।