
रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर ६ झुल्नेटा झनखानीबाट सञ्चालनमा रहेको रेडियो समावेशी आवाज १०२ मेगार्हज पहिलो वर्ष पुरा गरी दोस्रो वर्षमा प्रवेश गरेको छ । उत्तरगंगा सञ्चार केन्द्र द्वारा सञ्चालित सामुदायिक रेडियो समावेशी आवाज शुक्रबाटरबाट पहिलो वर्षपुरा गरी दोस्रो वर्षमा प्रवेश गरेको हो । रेडियो प्रसारण सेवा दोस्रो वर्षमा प्रवेश गरेको अवसरमा रेडियोका स्टेशन प्रमुख गोपाल ओली र उतरगंगा सञ्चार केन्द्रका अध्यक्ष राजेन्द्र पुनले संयुक्त रुपमा शुभकामना सन्देशसहितको प्रेस विज्ञप्ति जारी गर्दै आम श्रोता, स्थानीय सरकार, सहयोगी संघ संस्था, रेडियोमा कार्यरत पत्रकार तथा कर्मचारी तथा सुभेच्छुकहरुमा शुभकामना व्यक्त गर्नुभएको छ ।
२०८० साल जेठ ४ गते आजकै दिन आधिकारिक रूपमा ५ सय वाट क्षमताको इजाजत प्राप्त गरी रेडियो समावेशी आवाज प्रशारण आरम्भ गरेको थियो । प्रशारण आरम्भ गरेदेखि हाल सम्म सुचना, मनोरञ्जन, ज्ञान, विकास र विचार प्रवाहको माध्यामबाट आम श्रोताहरुको महत्वपूर्ण माध्याम बनेको उल्लेख गर्दै दोस्रो वार्षिकोत्सवको अवसरमा देशमा संघीयता कार्यनवयन संगै स्थानीय सरकारमा सुशासन कायम गराउने, राम्रो कामको प्रचार प्रशार गर्ने र अनियमितताको शसक्त भण्डाफोर गर्ने अभियानलाई रेडियोले निरन्तरता दिने जनाएको छ ।
साथै समाजिक परिवर्तन, स्थानीय मौलीक कला संस्कृतिको जर्गेना स्थानीय प्रतिभाहरुको प्रष्फुटन, जनहितकारी सन्देश अत्या आवश्यकिय सूचना प्रवाह जस्ता कार्यहरु निरन्तर अगाडि बढाइने विज्ञप्तिमा उल्लेख गरिएको छ । रेडियोले सुचना, मनोरञ्जन र चेतना अभिवृद्धि गराउने सन्दर्भमा गत कार्तिक १७ गते राती विनासकारी भूकम्पले प्रशारण भवन भत्किदा पनि निरन्तर सेवा प्रवाह गरेको र अन्य जुनसुकै परिस्थिती आएपनि विचलित नभई अहोरात्र खटिने प्रतिबद्धता समेत व्यक्त गरिएको छ ।
यहाँसम्म आउनको लागि सहयोग गर्ने आम श्रोता, विज्ञापनदाता, स्थानीय सरकार, सहयोगि संघसंस्था, साकेदारि संचार माध्यमहरु, रेडियोमा आवद्ध पत्रकार तथा कर्मचारी, सुभेच्छुक तथा शुभचिन्तक सबैमा रेडियोले धन्यवाद ज्ञापन गरेको छ ।