जिल्ला अस्पताल सल्लेमा उपचाररत बिरामीलाई फलफूल वितरण

जिल्ला अस्पताल सल्लेमा उपचाररत बिरामीहरूलाई फलफूल वितरण गरिएको छ । पेसागत महासंघ, नेपालको २९ औँ स्थापना दिवसको अवसरमा रुकुम पश्चिम शाखाले आज बिहान जिल्ला अस्पतालमा उपचाररत बिरामीहरूलाई फलफूल वितरण गरेको हो । १८ जना बिरामी र कुरुवा गरी ३५ जनालाई फलफूल वितरण गरिएको बताइएको छ ।
नेकपा एमालेका जिल्ला अध्यक्ष नन्दराम देवकोटाको प्रमुख आतिथ्यता र कर्णाली प्रदेश कमिटी सदस्य रचना मल्लको विशेष उपस्थितिमा फलफूल वितरण गरिएको हो । कार्यक्रममा पेसागत महासङ्घका पदाधिकारी, सदस्य लगायतको पनि सहभागिता रहेको पेसागत महासङ्घका जिल्ला उपाध्यक्ष तुल्सिराम बोहराले जानकारी दिनुभयो ।
प्रकाशित मिति: आइतबार, जेठ ६, २०८१ १०:१५
प्रतिक्रिया दिनुहोस्