Kakhara सबैको खबर सम्पूर्ण खबर
माओवादी केन्द्र मुसिकोट ६ मा नयाँ नेतृत्व 
नेकपा माओवादी केन्द्र मुसिकाेट ६ काे चाैथाे वडा सम्मेलन ।

नेकपा माओवादी केन्द्र रुकुम पश्चिम मुसिकोट नगरपालिका वडा नम्बर ६ ले नयाँ नेतृत्व पाएको छ । आज भएको पार्टीको चाैथाे वडा सम्मेलनबाट वसन्तकुमार गौतमको अध्यक्षतामा २२ सदस्यीय नयाँ वडा समिति बनेकाे हो । 

वडा समितिको उपाध्यक्षमा दीपक बोहरा, सचिवमा अमरबहादुर महतारा, सह सचिवमा लक्ष्मण भण्डारी र कोषाध्यक्षमा जानकी केसी रहनुभएको छ । वसन्तकुमार गौतमको अध्यक्षतामा भएको वडा सम्मेलनमा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज वसन्तकुमार शर्माको प्रमुख आतिथ्यता र कर्णाली प्रदेश सदस्य भानु मल्लको विशेष आतिथ्यता रहेको थियो । 

त्यस्तै सम्मेलनमा नेकपा माओवादी केन्द्र मुसिकोट नगर समिति अध्यक्ष दलबहादुर खड्का, नगर सदस्य नारायण केसी, नगर सदस्य तथा वडा इन्चार्ज अनिल बुढा मगर, नगर सदस्य निर्मला रसाइली, निवर्तमान वडा सचिव दीपेन्द्र महतारा, ज्येष्ठ कम्युनिस्ट मञ्चका केन्द्रीय सदस्य गम्बरसिंह बोहरा, नगर सदस्य भद्रबहादुर बोहरा, सहिद परिवार लगायतको आतिथ्यता रहेको थियो । 

कार्यक्रमकाे सञ्चालन वडा सचिव अम्बरबहादुर महताराले गर्नुभएको थियो । रुकुम पश्चिममा नेकपा मा‌ओवादी केन्द्रका वडा सम्मेलनहरु धमाधम भइरहेका छन । सबै ७३ वटै वडाकाे सम्मेलन मार्फन नयाँ नेतृत्व चयन गरिने माओवादी केन्द्र रुकुम पश्चिमले जनाएकाे छ । 

प्रकाशित मिति: सोमबार, जेठ ७, २०८१  १९:००
प्रतिक्रिया दिनुहोस्
Weather Update