Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिममा २४ घण्टामा २३ जना कोरोना संक्रमित थपिए

रुकुम पश्चिममा पछिल्लो २४ घण्टामा २३ जना कोरोना भाईरसका संक्रमित थपिएका छन् । आज जिल्ला अस्पताल, चौरजहारी अस्पताल र आठबीसकोट नगर अस्पतालमा ८७ जनामा एन्टीजेन परीक्षण गर्दा एक जना जनप्रतिनिधि सहित २३ मा संक्रमण देखिएको हो । 

जिल्ला अस्पतालमा ३२ जनामा एन्टीजेन परीक्षण गरिएकामा १२ जनामा कोरोना भाईरस संक्रमण देखिएको स्वास्थ्य सेवा कार्यालयका कोरोना रोग नियन्त्रण फोकल पर्शन इश्वर रावलले जानकारी दिनुभयो । उहाँका अनुसार चौरजहारी अस्पतालमा २४ जनामा परीक्षण गरिएकामा एक जना जनप्रतिनिधि सहित ४ जनामा संक्रमण पुष्टि भएको हो । 

त्यस्तै आठबीसकोट नगरपालिकामा ३१ जनामा परीक्षण गरिएकामा ७ जनामा संक्रमण देखिएको छ । जसमा ३ जना नगर अस्पतालका कर्मचारी र एक जना नगरपालिकाका कर्मचारी रहेको फोकल पर्शन रावलले बताउनुभयो । 

यो संगै जिल्लामा कोरोना संक्रमितको कुल संख्या ३ सय २६ पुगेको छ । त्यस्तै कोरोनाको दोस्रो लहर सुरु भएदेखि एन्टीजेन परीक्षण मार्फत कोरोना संक्रमण पुष्टि हुनेको संख्या भने ६४ पुगेको छ । बाँकी २ सय ६२ जना संक्रमित भने पिसिआर परीक्षण मार्फत पुष्टि भएका हुन् । जिल्लामा हाल भने पिसिआर परीक्षण बन्द भएको छ ।
 

प्रकाशित मिति: बुधबार, वैशाख १५, २०७८  १८:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update