Kakhara सबैको खबर सम्पूर्ण खबर

कर्णाली प्रदेश सरकारको विनियोजन विधेयक २०८१ का सिद्धान्त, उद्देश्य, प्राथमिकता र प्रमुख नीतिहरू सभामा प्रस्तुत गरिएको छ । आर्थिक मामिला तथा योजना मन्त्री महेन्द्र केसीले शनिवार बसेको प्रदेश सभा बैठकमा पेस गर्नुभएकाे हाे ।

प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रम, समृद्ध नेपाल र सुखी नेपालीको दीर्घकालीन राष्ट्रिय आकाङ्क्षामा आधारित समृद्ध कर्णाली, सुखारी कर्णालीको दीर्घकालीन सोचलाई मुख्य आधार बनाई वार्षिक बजेट तथा कार्यक्रम ल्याइने मन्त्री केसीले जानकारी दिनुभयाे ।

उनले विगतका बजेट तथा कार्यक्रमको उपलब्धिलाई मध्यनजर गर्दै दिगो प्रतिफलयुक्त कार्यक्रम एवम् आयोजनाहरूमा बजेट विनियोजन हुने लगायतका सिद्धान्तहरू  रहेकाे बताउनुभयाे । 

हेर्नुहाेस पूर्णपाठः 

प्रकाशित मिति: शनिबार, जेठ १२, २०८१  १८:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update