
रुकुम पश्चिमबाट प्रकाशन हुने आहा सञ्चार साप्ताहिक आफ्नो प्रकाशन यात्राको ११ वर्ष पुरा गरी १२ मा वर्षमा प्रवेश गरेको छ । वार्षिक उत्सव अवसरमा पत्रिका प्रकाशक तथा प्रधान सम्पादक मेगराज खड्काले हाल सम्म सहयोग र सहकार्य गर्ने पाठक, ग्राहक, विज्ञापनदाता, संवाददाता, लेखक, कर्मचारी लगायतका सरोकारवाला सबैमा धन्यवाद व्यक्त गर्दै निरन्तर सहयोगको अपेक्षा व्यक्त गर्नुभएको छ ।
२०७० जेठ दोस्रो साता देखि आहा सञ्चार साप्ताहिक प्रकाशन सुरु भएको थियो । पत्रिका सँगै आहा सञ्चार डटकम अनलाइन मार्फत समाचार र विचारहरू पाठकमाझ ल्याइरहेको छ । शान्ति र समृद्धिको चाहा, समाचार र विचारमा आहा भन्ने मूल नारा लिएर निरन्तर प्रकाशित आहा सञ्चार साप्ताहिकले जनपक्षीय समाचार र विचारलाई केन्द्रमा राख्दै आएको छ ।
आगामी दिनहरूमा अझै प्रभावकारी तरिकाले छापा सँगै मल्टिमिडिया सामग्रीहरू प्रकाशन/प्रसारणमा जोड दिने बताएको छ । आहा सञ्चार साप्ताहिक सरकारी स्तरबाट 'क' वर्गमा वर्गीकृत पत्रिका हो ।