Kakhara सबैको खबर सम्पूर्ण खबर
सेरिगाउँमा ट्याक्टर दुर्घटना हुँदा २ जना घााइते 
फाइल फोटो ।

रुकुम पश्चिमको मुसीकोट नगरपालिका वडा नम्बर ५ सेरिगाउँमा ट्याक्टर दुर्घटना हुँदा  २ जना घाइते भएका छन् । आज विहान सेरिगाउँमा रा १ त ३७१७ नम्बरको ट्याक्टर दुर्घटना हुँदा २ जना घाइते भएका हुन् । घाइते हुनेहरुमा मुसिकोट नगरपालिका  वडा नम्बर २ का १८ बर्षिय चालक सागर परियार र वडा नम्बर ५ का  ४० बर्षिय हरिचन्द्र केसी रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक बखत शाहीले जानकारी दिनुभयो ।

उहाँका अनुसार घाइतेहरुलाई उद्दार गरेर उपचारको लागि जिल्ला अस्पताल सल्ले ल्याएको र थप उपचारको नेपालगञ्ज रेफर गर्ने तयारी भइरहेको प्रहरी निरीक्षक शाहीले जानकारी दिनुभयो । दुवै जनाको छातीमा चोट लागेको छ । ट्याक्टर सेरिगाउँ स्थित विद्युत प्राधिकरण कार्यालय नजिकै मध्यपहाडि राजर्मागबाट ३ मिटर तल खसेको र दुर्घटनाको कारण भने नखुलेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, जेठ २३, २०८१  १२:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update