Kakhara सबैको खबर सम्पूर्ण खबर
स्वास्थ्य उपचारका लागि सहयोगको याचना
उपचाररत मर्गाैला पीडित बुढाथाेकी ।

स्वास्थ्य उपचारमा आर्थिक अभाव भएको भन्दै यहाँका एक व्यक्तिले सहयोगको याचना गर्नु भएको छ । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका ८, का ४० बर्षीय रुद्र बुढाथोकीका दुवै मृगौला फेल भइ उपचारमा रहेको र उपचारका लागि आर्थिक अभाव रहेको छ । बुढाथोकीले लामो समयदेखि यसको उपचारमा रहेको र उपचारका लागि धेरै खर्च भइसकेको भन्दै सहयोग गर्न सबैलाई आग्रह गर्नुभएको छ ।

तीन बर्षदेखि उहाँले काठमाण्डौं स्थित शिक्षण अस्पतालमा उपचार गराइरहनु भएको छ । उपचार गर्दा गर्दा घरको जायजेथा सबै सकिएपछि अब अरुकै आशमा रहेको बुढाथोकीको भनाई छ । उपचारको साथै आफू सहित ८ जनाको परिवार पालनपोषणमा समेत समस्या भएको उहाँले दुखेसो गर्नुभयो । एउटा छोरी मानसिक रोगी भएकाले छोरीको उपचारमा पनि छुट्टै खर्च भइरहेको छ । एक बर्ष सम्म गाउँले छर,छिमेकले बुढाथोकीको उपचारमा सरसहयोग गरेका थिए ।

अब भने अरु दातालाई पनि सहयोगका लागि उहाँले आग्रह गर्नुभएको छ । उहाँको आग्रहपछि भतिजा विनोद विसीले  २ लाख ३३ हजार सहयोग संकलन गरेर पठाउनुभएको थियो । कोरीयाबाट अरु विभिन्न व्यक्तिबाट संकलन गरी पठाएको उक्त सहयोग पनि उपचारका क्रममा सकिसकेको छ । कोरोनाको महामारी बढ्दै जाँदा आफ्नो उपचरमा झन समस्या भइरहेको बुढाथोकीले बताउनुभयो । उहाँलाई सहयोग गर्न चाहने महानुभावहरुले ९८४८४५०९८२ र ९८०४९७६४६३ नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ । 
 

प्रकाशित मिति: शुक्रबार, वैशाख १७, २०७८  १४:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update