Kakhara सबैको खबर सम्पूर्ण खबर
९६ वर्षिय बृद्धले घरमै बसेर जिते कोरोना 
काेराेना जित्न सफल ९६ वर्षिय लिलाधर डाँगी ।

रुकुम पश्चिमका एक ९६ बर्षिय बृद्धले घरमै बसि कोरोना भाइरसलाई जितेका छन् । जिल्लाको सानीभेरी गाउँपालिका वडा नं ९ हासिबाँङ निवासी  ९६ बर्षिय लिलाधर डाँगीले होम आइसोलेसन बाटै कोरोना भाइरस जित्नुभएको हो । बैशाख ८ गते एन्टीजेन परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो । त्यसपछि उहाँ घरमै बस्नुभएको थियो । उहाँलाई कोरोना भाइरसको सामान्य खालका लक्षण पनि देखिएका थिए । तर उहाँ होम आइसोलेसनबाटै कोरोना मुक्त हुनुभएको हो । उच्च आत्मबल र आत्मविश्वासले आफुले कोरोना संगको लडाइँ जित्न सफल भएको उहाँले बताउनुभयो । 
 

प्रकाशित मिति: बिहीबार, वैशाख २३, २०७८  २०:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update