Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिममा भाडा दर निर्धारण गर्न समिति गठन 

जिल्लाका विभिन्न रुटहरूमा सञ्चालन भएका यातायात व्यवसायीले भाडा मनपरी असुल्ने गरेको गुनासो बढेपछि भाडा दर निर्धारण गर्न जिल्ला प्रशासन कार्यालयले समिति समेत गठन गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी विनाेद रेग्मीको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरिएको हो । 

समितिको सदस्यमा यातायात सेवा कार्यालय चौरजहारी, सडक डिभिजन चौरजहारी, जिल्ला प्रहरी कार्यालय, यातायात व्यवस्था सेवा कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय, जिल्लामा क्रियाशील यातायात व्यवसायी प्रालीका प्रतिनिधि सदस्यको रूपमा रहेका छन् ।

समितिले जिल्लाभित्रका विभिन्न आन्तरिक सडकमा चल्ने पुराना सडक रुटहरूमा पछिल्लो समयमा भएको सडक स्तरोन्नति सँगै पूर्व निर्धारित भाडा दरलाई परिमार्जन गर्ने, नयाँ सडक रुटहरूमा सञ्चालित सवारी साधनहरूको भाडा दर निर्धारण गर्ने, तोकिएको भाडा दर लिए नलिएको, सिट क्षमता भन्दा बढी यात्रु राख्ने जस्ता समस्यालाई नियन्त्रणका लागि सुझाव पेस गर्ने छ । समितिले यस विषयमा अध्ययन गरेर एक हप्ताभित्र प्रतिवेदन तयार पारी पेस गर्ने बताएको छ ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २७, २०८१  १७:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update