वाइसिएल ।
पुथाउत्तरगंगा गाउँपालिका वाइसिएलको अध्यक्षमा शुक्रराज विक चयन

नेकपा (माओवादी केन्द्र) को सहायक संगठन योङ कम्युनिष्ट लिग वाइसियल नेपाल पुथाउत्तरगंगा गाउँपालिका रुकुम पूर्व को तेस्रो अधिवेशन सम्पन्न भएको छ । तकमा भएको तेस्रो अधिवेशनबाट शुक्रराज विकको अध्यक्षतमा ४० सदस्यीय नयाँ कार्य समिति चयन गरिएको छ । जसको उपाध्यक्ष शान्ती बुढा मगर, रोहित विक, केशरमान घर्ती चयन हुनुभएको हो । सचिवमा जलन पुन, सह सचिव सागर विक, सुनिता सुनाम, राज सेन र कोषाध्यक्षमा लक्ष्मी घर्ती चयन हुनुभएकाे हाे ।
अधिवेशनमा वाइसियल नेपालका केन्द्रिय सदस्य तिकासाई घर्ती, वाइसियल नेपालका जिल्ला अध्यक्ष नामेन्द्र सुनार लगायतको उपस्थिति रहेको थियो ।
प्रकाशित मिति: बुधबार, वैशाख १७, २०८२ १०:२५
प्रतिक्रिया दिनुहोस्