सम्मान
सिस्ने कपमा विजेता हुने खेलाडीलाई सम्मान

रुकुम पूर्व सिस्ने गाउँपालिका वडा नम्बर ८ मा रहेको सहिद महेन्द्र लक्षु स्मृति क्लबले खेलाडीलाई सम्मान गगरेकोछ । आज एक कार्यक्रमको आयोजना गरी दोस्रो सिस्ने कपमा विजेता हुने खेलाडीलाई सम्मान गरेको हो । जेठ १३ देखि १६ गते सम्म रुकुम पूर्वको रुकुमकोटमा सञ्चालन भएको दोस्रो सिस्ने कपमा पुरुष भलिबल प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्ने खेलाडी र महिला भलिबल प्रतियोगिता तेस्रो स्थान प्राप्त गर्ने महिला खेलाडीलाई सम्मान गरिएको क्लबका महासचिब दुर्गा पुन मगरले जानकारी दिनुभयो ।
उहाँका अनुसार खेलाडीलाई क्लबको कार्यालयमा बोलाएर सम्मान पत्र दोसल्ला ओढाएर सम्मान गरिएको हो ।
प्रकाशित मिति: आइतबार, जेठ १९, २०८२ १८:३८
प्रतिक्रिया दिनुहोस्