Kakhara सबैको खबर सम्पूर्ण खबर
बाँफिकाेटकाे थारकाट्टे झिम्रु सडक खण्डको काम सम्पन्न

यस अघि सम्म फलामे गौडा पीपल पोखरा सडक खण्डले जोडेको रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर २ र ३ लाई थारकाट्टे झिम्रु सडक खण्डले पनि जोडेको छ ।  थारकाट्टे झिम्रु सडक खण्डको काम सम्पन्न पश्चात् उक्त दुई वडा जोडिएका हुन । 

कडा चट्टानका कारण लामो समय देखि उक्त सडक खण्ड मार्फत यी दुई वडा जोडिन सकेको थिएनन् । करिब एक सय ५० मिटर लामो सडक निर्माण पछि दुई वडा जोडिएका हुन । प्रदेश सरकारको २७ लाख रुपैयाँमा यति विल्डर्स निर्माण कम्पनीले सडक निर्माण गरेको हो ।

बाँफिकोट गाउँपालिका ३ का वडाध्यक्ष तिलवीर केसीले उक्त सडकले बाँफिकोट गाउँपालिका वडा नम्बर १ र २ तथा रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्बर ३ र ४ का नागरिकलाई पर्यटकीय स्थल स्यार्पू ताल पुग्न सजिलो हुने बताउनुभयो । यस सडक खण्ड निर्माण नहुँदा छिनखेत बाँफिकोट सडक खण्ड प्रयोग हुँदै आएको थियो ।

प्रकाशित मिति: बिहीबार, असार २६, २०८२  १०:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update