
रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर २ सिम्रुतु बजार नजिकै भित्रि सडक खण्डमा जिप दुर्घटना भएको छ । वडा नम्बर २ को बादँरपानी, रुघाँहुदै खलंगा आउँदै गरेको लु १ज ४११२ नम्बरको जिप आज विहान सिम्रुतु बजार नजिकै दुर्घटनामा परेको हो । जिप दुर्घटना हुँदा ७ जना घाइते भएका छन् ।
घाइते हुनेमा जिप चालक त्रिवेणी २ सिम्रतुका ३२ वर्षिय प्रेम खड्का, त्रिवेणी १ का ८४ वर्षिय ससे घर्ती, सोही ठाउँकै २० वर्षिया सरिता केसी, त्रिवेणी २ की २८ वर्षिया सुनिता केसी, २२ वर्र्षिया गिता ओली, मुसिकोट नगरपालिका १३ की ४० वर्षिया सपना परियार र मुसिकोट ५ की ५३ वर्षिया शिवकुमारी शर्मा घाइते भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।
घाइतेहरुको उद्धार गरी जिल्ला अस्पताल सल्ले पठाएको प्रहरी चौकी सिम्रुतुले जनाएको छ । जिप अनियन्त्रित भइ सडकमै पल्टिएको थियो । जिपमा चालक सहित १० जना यात्रु रहेका थिए । घाइतेहरुको अवस्था समान्य रहेको र हात,खुट्टा र टाउकोमा चोट लागेको बताएको छ ।