Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिमबाट संघ सरकारको २५ करोड बजेट फ्रिज, कुन पालिकाबाट कति ?

रुकुम पश्चिममा बितेको आर्थिक वर्ष २०८१/०८२ मा सङ्घ सरकारबाट आएको २५ करोड बजेट फ्रिज भएको छ । जिल्लामा सङ्घ सरकारबाट आएको मध्ये ५ अर्ब ८१ करोड १२ लाख ६४ हजार ९ सय १० रुपैयाँ ७७ पैसा खर्च भएको छ । 

सोमध्ये चालुतर्फ ४ अर्ब १७ करोड १४ लाख ८३ हजार ७ सय ९७ रुपैयाँ ८५ पैसा रहेको छ भने पुँजीगततर्फ १ अर्ब ६३ करोड ९७ लाख ८१ हजार १ सय १२ रुपैयाँ ९२ पैसा खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय रुकुम पश्चिमले जनाएको छ । 

कूल बजेटमध्ये चालुतर्फ ९२.८९ प्रतिशत र पुँजीगततर्फ ८१.४६ प्रतिशत खर्च भएको कोष तथा लेखा नियन्त्रक पूर्ण ओलीले जानकारी दिनुभयो । उहाँका अनुसार खर्च हुन नसकी २५ करोड ९ लाख १६ हजार ९ सय ६५ रुपैयाँ ९७ पैसा फ्रिज भएको छ । 

सबै भन्दा बढी रकम मुसिकोट नगरपालिकाबाट फ्रिज भएको छ । मुसिकोट नगरपालिकाबाट ६ करोड ५१ लाख ५३ हजार ९ सय ९१ रुपैयाँ ९३ पैसा फ्रिज भएको छ । 

Freeze-Budjet-1752893185.png
बाँफिकोट गाउँपालिकाबाट ५ करोड ८५ लाख ९३ हजार ६ सय ३ रुपैयाँ ७० पैसा फ्रिज हुँदा आठबिसकोट नगरपालिकाबाट ४ करोड ३७ लाख ८२ हजार ५ सय २७ रुपैयाँ ८५ पैसा र चौरजहारी नगरपालिकाबाट ३ करोड ३९ लाख ९८ हजार १ सय ८६ रुपैयाँ खर्च हुन नसकी जताबाट आएको हो उतै फिर्ता गएको छ । 

त्यस्तै त्रिवेणी गाउँपालिकाबाट २ करोड ९७ लाख ४८ हजार ५ सय ८५ रुपैयाँ १४ पैसा र तुलनात्मक रूपमा सानीभेरी गाउँपालिकाबाट अन्य पालिकाको भन्दा कम १ करोड ९६ लाख ४० हजार ३ सय ७१ रुपैयाँ ३४ पैसा फ्रिज भएको कोष तथा लेखा नियन्त्रक ओलीले जानकारी गराउनुभयो ।

प्रकाशित मिति: शनिबार, साउन ३, २०८२  ०८:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update