Kakhara सबैको खबर सम्पूर्ण खबर
प्राकृतिक प्रकोपलाई मध्यनजर गर्दै  बाँफिकोटमा विपद व्यवस्थापन समिति गठन

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र बाँफिकोट गाउँपालिका रुकुम पश्चिमको चौथो बिस्तारीत वैठक सम्पन्न भएको छ । सहिद परिवार समाजको कार्यालयमा बसेको पार्टीकाे बैठकले विभिन्न निर्णयहरु पारित गर्दै  सम्पन्न भएको हो । बैठले बाढि र बर्षा तथा संम्भावित प्राकृतिक प्रकोपलाई मध्यनजर गर्दै केन्द्रिय निर्वाचन आयोग सदस्य तथा गाउँ पालिका इन्चार्ज धर्मबहादुर केसीको संयोजकत्वमा १३ सदस्यीय बिपत ब्यवस्थापन समिति गठन गरेको  छ, भने २०८२ श्रावण मसान्तसम्म पार्टी सदस्यता नविकरन तथा बितरण गर्ने निर्णय  गरेको छ ।

त्यस्तै बैठकले भदौ १० गते भित्र वडा सम्मेलनका लागी प्रतिनिधि छनोट गर्ने र भदौ १४ गते सबै वडाको सम्मेलन सम्पन्न गर्ने निर्णय गरेको माओवादी केन्द्र बाँफिकोट गाउँपालिका सचिवालय सदस्य तथा सूचना तथा प्रचार बिभाग प्रमुख बालाराम देवकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार बैठकले केही समय यता अलपत्र रहेको दुग्ध डेरी सञ्चालनको जिम्मा पालिकाको उत्पादन तथा सहकारी बिभाग संयोजक कबिराम खत्रीलाई दिएकाे छ । तत्कालीन नेकपा मशाल बाँफिकोट गाबिसका संस्थापक सदस्य शेरबहादुर बिष्ट को निधन प्रती पार्टीले शोक प्रस्ताव समेत पारित गरेको  थियाे । 

पार्टीका गतिविधिलाई केन्द्रीकृत गर्न वडा तथा टोलमा भएगरेका पार्टीका गतिविधि तथा  घटना  र प्रगति विवरण पार्टीमा केन्द्रित गरी सूचना सम्प्रेषण गर्न रिपोर्टिङ प्रणालि लाई ब्यबस्थित गर्ने निर्णय समेत बैठकले गरेको छ ।

पार्टीका बाँफिकोट गाउँपालिका अध्यक्ष दक्ष पुनको अध्यक्षता  भएकाे बैठकमा पार्टीका जिल्ला संयोजक गोविन्द रोका सचिनको प्रमुख आतिथ्यता रहेको थियो । बैठकमा केन्दीय निर्वाचन आयोगका सदस्य धर्मबहादुर केसी, कलबहादुर नाथ, प्रदेश कमिटि सदस्य लगायतको उपस्थिति रहेको थियो  । बैठकको सञ्चालन पार्टीका बाँफिकोट गाउँपालिका सचिब तुल देबकोटाले गर्नुभएको थियो ।

प्रकाशित मिति: शुक्रबार, साउन ९, २०८२  १२:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update