बैठक
प्रेस सेन्टर नेपाल बाँफिकोटको बैठक सम्पन्न

प्रेस सेन्टर नेपाल बाँफिकोट गाउँपालिका रुकुम पश्चिमको दोस्रो पालिका अधिवेशन पछिको पहिलो बैंठक सम्पन्न छ । आज पार्टी कार्यालय बाँफिकोटमा बसेको बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको हो । बैठकले संगठनको बैंक खाता खोल्ने, आयव्यय सार्वजनिक गर्ने, संगठनको हरेक महिनाको १० गते नियमित बैठक बस्ने, पार्टीले गरेका कामको प्रचारप्रसार तथा समाजमा हुने घटनाको सूचना दिने लगायतका विषयमा निर्णय गरेको छ ।
प्रेस सेन्टर बाँफिकोट गाउँपालिका अध्यक्ष बलबहादुर खत्रीले अध्यक्षता बसेकाे बैठकमा नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश कमिटी सदस्य चन्द्रबहादुर केसी, पार्टीका बाँफिकोट गाउँपालिका अध्यक्ष दक्ष पुन प्रेस सेन्टर नेपाल कर्णाली प्रदेश लेखा संयोजक प्रचण्ड खत्री लगायतको उपस्थिति रहेको थियो ।
प्रकाशित मिति: शनिबार, साउन १०, २०८२ १६:४७
प्रतिक्रिया दिनुहोस्